दफा ९७
सम्पत्ति दवाउन वा सम्पत्तिमा झुठ्ठा दावी गर्न नहुने

(१) कसैले अदालत वा अधिकार प्राप्त अधिकारीको निर्णय बमोजिम जफत हुने भएको वा तायदाती, रोक्का, लिलाम वा बिक्रीहुने वा चलन चलाई दिनु पर्ने भएको सम्पत्ति वा त्यस्तो सम्पत्ति वा जायजात उपरको अधिकार वदनियत साथ जफत,तायदाती, जायजात, रोक्का, लिलाम वा बिक्री हुनबाट वा चलन चलाउनबाट रोक्नको लागि त्यस्तो सम्पत्ति वा त्यसउपरको अधिकार दबाउन, कसैलाई हस्तान्तरण गर्न वा गराउन वा त्यस्तो सम्पत्ति वा अधिकार उपर दावी गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।